अबैध रुपैयाँसहित बाबुछोरा पक्राउ


न्युज अफ नेपाल, नेपालगञ्ज ।

अबैध रुपैयाँसहित नेपालगञ्जबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपालगञ्ज–२, घरबारी टोलका विनोदकुमार सोनी र सौरव सोनी बाबुछोरा रहेका छन् ।

उनीहरुको साथबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

प्रहरीलाई देखेपछि उनीहरुले आत्तिएर भाग्न खाेज्दा तीन लाख रुपैयाँ फालेपछि शंका लागेर जाँच गरिएको थियो।

पछि विनोदको साथबाट चार र सौरवको साथबाट ६ लाख बरामद भएको थियो।

उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।