घरमा लुकाएर राखेको बम विस्फोट


न्युज अफ नेपाल, दाङ ।

दाङमा घरको माथिल्लो तल्लामा लुकाएर राखेको बम विस्फोट भएकाे छ ।

दाङको गढवा गाउँपालिका वडा–२ स्थित घनश्याम चौधरीले घरको माथिल्लो तल्लामा टिनको बाकसमा लुकाएर राखेको जीलेटिन बम विस्फोट भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएकाे छ ।

चौधरीले माछा मार्ने प्रयोजनको लागि जिलेटिन घरमा लुकाएर राखेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ।

विस्फोटबाट दुई तल्ले घर भत्किएको छ, भने मानवीय क्षति भएको छैन । प्रहरीले अनुसन्धानका लागी चौधरीलाई नियन्त्रणमा लिएको छ।