जीपको ठक्करबाट एक बालिकाको मृत्यु, एक घाइते


न्युज अफ नेपाल, बर्दिया ।

बर्दियामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकी छिन् ।

जीपको ठक्करबाट मृत्यु हुनेमा बर्दियाकाे बारबर्दिया नगरपालिका–१० की पाँच वर्षीया बालिका सामना थारू रहेको प्रहरीले जनाएको छ ।

बारबर्दिया नगरपालिका–१० स्थित बैदीमा भे१च १२१६ नंको जीपले ठक्कर दिएको हो।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी राजेन्द्र थारूकी छोरी सामनाको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर उनी गम्भीर घाइते भएकी छिन् ।

उनको उपचार मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

चालक र जीपलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।