आमाको हत्या गर्ने छोरा पक्राउ 


स्याङ्जा ।

आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने किटानी जाहेरी प्राप्त भएसँगै छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।

प्रहरीका अनुसार छोराले मङ्सिर १२ गते अन्दाजी ४ः३० बजे आमाले लगाएको कपडा तथा घरको पिँढीमा दिसापिसाब गरेको कारणले रिस थाम्न नसकी आवेशमा आई घाँटी अठ्याएर मारेको खुल्न आएको छ ।

पक्राउ परेका नारायणलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी मङ्सिर २४ गते मङ्गलबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले बताउनुभयो ।