विधिको शासन मिच्ने अधिकार कसैलाई छैनः कानुन व्यवसायीे


यमलाल भुसाल, बुटवल ।

नेपालमा मानव अधिकारको अवस्था खस्किदै गएकोमा कानुन ब्यबसायीले चिन्ता ब्यक्त गरेका छन् । मानव अधिकारको सन्धीमा नेपाल पक्ष राष्ट्रभएपनि ब्यबहारिक रुपमा भने चुकेको उनीहरुको ठहर छ ।

रिपोर्टर्स क्लव प्रदेश ५ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने कानुन ब्यबसायीले नेपालमा पछिल्लो समयमा मानव अधिकार उल्लंघनका घटना बढेको भन्दै हरेक मानिसको अधिकार संरक्षणका लागि राज्यको भूमिका गहन र जिम्मेबारपूर्ण हुनुपर्नेमा जोड दिनु भएको छ ।

उनीहरुले नेपालमा गैर न्यायीक हत्या हुने गरेको भन्दै संयुत्त राष्ट्रसंघले यसलाई गम्भिरताका साथ हेर्ने गरेको समेत बताएका छन ।

नेपाल बार एशोशिएसन केन्द्रिय अध्यक्ष चण्डेश्वर श्रेष्ठले कुनैपनि अबस्थामा मानव अधिकार हननका घटनामा आफुहरु चुप लागेर नबस्ने बताउनु भयो ।

श्रेष्ठले भन्नु भयोे—‘कसैको पनि अधिकार खोसिएको हामीलाइ मान्य हुदैन,जनताको घरघरमा न्याय,लोकतन्त्रको अनुभुति दिलाउन राज्य जिम्मेबार हुनुपर्छ,राज्यमा कुनैपनि तानशाहले लोकतन्त्र र न्यायको बिरुद्धमा कुनै कदम चाल्नुउसैका लागि दुर्भाग्य हुन्छ ।’

तीन तहका सरकार मुलुकमा भएपनि न त कानुन बनाए ,न त प्रदेशले केन्द्र र राजधानी नै तोक्न सके ,कानुनको उल्लंघन भयो ।’ उनले भने ।

बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले सरकार गलत बाटोबाट अघि बढ्न खोजेको आरोप लगाउनु भयो ।

,नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिका संयोजक सुनिल पोखरेलले मुलुकमा विधिको शासन अल्पमतमा परेको गुनासो गर्नु भयोे ।
‘गैर न्यायीक हत्या बढेका छन्, मानवअधिकार उल्लंघन ब्याप्त छ, प्रेसलाइ हस्तक्षेप गरिएको छ, सरकारले नै प्रोपोगान्डा गरिरहेको उहाँको कथन छ ।’

डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का केन्द्रिय अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले सरकारबाट नै मानव अधिकार हनन्का घटना भएको भन्दै सरकारको आलोचना गर्नु भयो ।