पासाङ ल्हामु सडक मार्गको जिरो पोईन्टमा टिम्स चेक पोष्ट स्थापना


सरस्वती न्यौपाने, रसुवा ।

पासाङ ल्हामु सडक मार्गको जिरो पोइन्टमा टिम्स चेकपोष्ट बनाउन सुरुवात गरिएको छ ।

उत्तरगया गाउँपालिका–५ जिरो पोईन्टमा बन्न लागेको टिम्स चेकपोष्ट पालिका प्रमुख उपेन्द्र लम्सालले उदघाटन गरेका हुन् । यस ठाउँमा टिम्स चेक पोष्ट स्थापना गर्दा उपयुक्त हुने भएर सञ्चालनमा ल्याइएको लम्सालले बताए ।

उद्धघाटनको समयमा टानका अध्यक्ष खुमबहादुर सुवेदी उपाध्यक्ष ऋतु गमदान कार्य समिति सदस्य सनम शेर्पा, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा, पर्यटन सहायक निरिक्षक सुबिदार यादव, प्रहरी हवल्दार अकल योञ्जन, प्रहरी जवान पर्शुराम दाहाल र हाईलाईटस टुरिजमका प्रतिनिधि लाल गुरुङको उपस्थिति रहेको थियो ।