नेपाललाई सहयोग गर्न बेलायतबाट दौडिँदै रोजी स्वेल

0
Shares

इस्तान्बुल, (एजेन्सी)।

बेलायतकी ७३ वर्षीया रोजी स्वेल पोप इंग्ल्यान्डबाट दौडेरै नेपाल आइरहेकी छन्। उनले सन् २०१५ को विनाशकारी भूकम्पको चपेटामा परेका नेपालका स्थानीय समुदायको स्वास्थ्य, शिक्षा तथा जीवनयापन सुधार्ने परियोजनाको सहयोगका लागि दौडेरै काठमाडौं पुग्ने अभियान छेडेकी हुन्। हाल उनी इस्तानबुलबाट जर्जियातर्फ लागिरहेकी छन्।

सन् २०१८ मा ‘रन रोजी रन’ अभियान अन्र्तगत विश्व भरीको यो दौड शुरु गरेको उनले बताइन्। अहिलेसम्म उनले १२ देश पार गरिसकेकी छन्।रोजीले भनिन्– ‘मलाई थाहा छैन कुन रात कहाँ सुत्छु।कहिले म भुर्इंमै सुत्छु, कहिले गल्लीहरूमा। बिहान उठ्छु र कुद्न थाल्छु। म ती मानिसहरूसँग भेटिरहेकी छु जोसँग मैले कहिल्यै भेट्न सक्दिनथेँ।

रोजीको अर्को स्टप जर्जिया हुनेछ। उनी हरेक दिन करिब २० किलोमिटर दौडिन्छिन्। रोजी आफै एक सामान्य वृद्ध नागरिक भएको परिचय दिन्छिन्। तर उनले पुरै विश्वसँग सम्बन्ध गाँसेकी छन्। आफ्नो यात्रालाई लिएर रोजीले भनिन्– ‘यो जिन्दगी केही धेरै जिउने तरिका हो।

किनभने तपाईं धर्तीमा आउन र यहाँबाट बाहिरिन कुर्नुहुन्न।रोजीको पहिचान विश्वमा सबैभन्दा लामो एकल धावकमा पनि छ। उनले सन् २००४ मा च्यारिटीका लािग पैसा जुटाउन विश्वभरि दौडेकी थिइन्। सन् २०१५ मा उनले पुरै अमेरिका दौडेर यात्रा गरेकी थिइन्।

उनले बेलायतदेखि अमेरिकासम्मको यात्रा १७ फिटका डुंगाबाट गरेकी थिइन्। उनले आफ्ना दिवंगत पति क्लाइवको सम्मानमा न्युयोर्कबाट सानफ्रान्सिस्कोसम्मको दौड पुरा गरेकी थिइन्। क्लाइवको निधन प्रोस्टेट क्यान्सरका कारण भएको थियो।

बेलायती लेखिका, एडवेन्चरर् तथा म्याराथन धावक रोजी स्वेलको जन्म सन् १९४६ मा भएको थियो। उनले रुसका टुहुरा बालबालिकाको सहयोगार्थ च्यारिटीका लागि सफलतापूर्वक दौडरै विश्व परिक्रमा पूरा गरी २ लाख ५० हजार पाउन्ड धनराशि जम्मा पारेकी थिइन्।