चन्द्रागिरिमा चोरी बढ्यो

0
Shares

काठमाडौं, (नेस)।

चन्द्रागिरि नगरपालिका–१० सतुङगल बस्ने डम्बर बानियाँको घरबाट नगद तथा सुनका विभिन्न गरगहनासमेत गरी करिब ५ लाख ४० हजार रुपियाँबराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ।

यसैगरी काठमाडौं महानगरपालिका–३ बसुन्धारा डेरा गरी बस्ने स्याङ्जा भिरकोट नगरपालिका–४ घर भएका ईन्द्रबहादुर थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना अन्दाजी २४ तोलासमेत गरी करिब १८ लाख ५ हजार रुपियाँबराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ।