ध्रवहरिलाई विजयबाबु स्मृति पत्रकारिता पुरस्कार

0
Shares

काठमाडौं, (नेस)।

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार (२०७६) वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीलाई प्रदान गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उहाँलाई सो पुरस्कारसहित सम्मान गर्नुभएको हो।

नेपाली पत्रकारिताको मूर्धन्य व्यक्तित्व अधिकारीले चार दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा व्यतीत गर्नुभएको छ। नेपालले अधिकारीलाई दोसल्ला ओढाएर स्मृतिपत्र र नगद हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमको आयोजक नेपाल समाचार केन्द्र प्रालि रहेको छ। सम्मानित व्यक्तित्व अधिकारीले पुरस्कारले आफूलाई थप हौसला बढेको बताउनुभएको छ।