‘सूचना समयमा प्रवाह गर्नु मानवीय सहायता’

0
Shares

भक्तपुर, (नेस)।

मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले भक्तपुरमा लंैगिक उत्तरदायी विपद् जोखिम व्यवस्थापनका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
भक्तपुरका १५ भन्दा बढी पत्रकार सहभागी कार्यक्रममा म्यागका अध्यक्ष तथा अग्रज सञ्चारकर्मी अनिता विन्दुले कार्यक्रममा सहभागीलाई विषय वस्तुबारे सहजीकरण गर्नुभयो।

अध्यक्ष विन्दुले समाजमा पछि पारेका वा पछि परेका महिलासहितका वर्ग समुदायका लागि विपद्को बेला मानवीय सहायता प्रदान गर्दा पनि लंैगिक संवेदनशीलता अपनाउनुपर्ने बताउनुभयो।

उहाँले विपद् पूर्व विपद्को समयमा सही सूचना समयमा प्रवाह गर्नु पनि सबैभन्दा ठूलो मानवीय सहायता भएको बताउँदै यस क्षेत्रमा भएका असल अभ्यासको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले विपद्लाई पत्रकारिताको एक बिटकरूपमा स्थापित गर्न अभियान थाल्नुपर्ने बताउँदै भक्तपुरका पत्रकारले समाचार सम्प्रेषणका क्रममा लंैगिक संवेदनशीलता अपनाउन सजकता अपनाएको उल्लेख गर्नुभयो।

अध्यक्ष बुढाथोकीले महिला ,अपांग, दलित, जनजाती, सीमान्तकृत समुदाय विपद्का बेला अरु समुदायभन्दा बढी जोखिममा पर्ने गरेको बताउँदै उनीहरूको मूलप्रवाहीकरणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो।

सो अवसरमा म्यागका कार्यक्रम संयोजक अवन्तिका थापा, म्यागकै मेनुका बस्नेत, सहभागी पत्रकार रमेश गिरी, सोम शर्मा बजगाईं, लीला श्रेष्ठ, हरिसुन्दर छुकां, सञ्जिव दुलाल, विकास प्रहरलगायतले विपद्का क्रममा भोगिएका अनुभव र समाचार सम्प्रेषणबारे अनुभव आदानप्रदान गर्नुभएको थियो।