हवाई रुट परमिटले राराका वन्यजन्तु संकटमा

0
Shares

वीरबहादुर बम, मुगु।

रारा राष्ट्रिय निकुञ्जमा पाइने बाँदर र गुनाका बथान, बँदेल, मृग, कस्तुरी, हिमाली चितुवा बाघ, घोरल, झारल, रतुवालगायत प्रजातिका वन्यजन्तु निकुञ्जबाट लोप हुँदै गएका छन्।

चराहरू पनि फाट्टफुट्टमात्र निकुञ्ज क्षेत्रमा देखिन्छन्। सीमित वन्युजन्तुमात्र नभएर डाँफे, कालिज, च्याखुरा, तित्रा, ढुकुरजस्ता हिमाली रैथाने चराहरू पनि प्राय फाट्टफुट्ट देखिन थालेका छन्।

१० वर्ष अघिसम्म पुस माघमा बाक्लो हिमपात हुँदा मुर्मा, झयारी, माथितुम, निगालबोट, खमाले गाउँका स्थानीयको भेडीगोठमा ओत लाग्न जाने वन्यजन्तुहरू अचेल जति धेरै हिउँ परे पनि नआउने गरेको मुर्मा गाउँका स्थानीयको भनाइ छ।

चराहरू पनि फाट्टफुट्टमात्र निकुञ्ज क्षेत्रमा देखिन्छन्। सीमित वन्युजन्तुमात्र नभएर डाँफे, कालिज, च्याखुरा, तित्रा, ढुकुरजस्ता हिमाली रैथाने चराहरू पनि प्राय फाट्टफुट्ट देखिन थालेका छन्। एक दशक अघिसम्म जताततै देखिने च्याँखुरा, कालिज हिजोआज भेट्टाउन मुस्किल हुन थालेको छ।

कालिज फाट्टफुट्ट देखा परे पनि च्याखुरा र डाँफे त प्राय लोप नै भएको पाइएको छ। मुर्माकोट, माथिल्लो मिलीचौर क्षेत्र, चुचुमारे, मालिका लेक, रुमखोला, जेउडेलगायत घनाजंगल क्षेत्रमा पनि वन्यजन्तु देखिन छोडेको मुर्मा गाउँका अर्का स्थानीय विर्ष रोकायाले बताउनुभयो।

छायानाथबाट देखिएको राराको दृश्य हिमाली क्षेत्रको निकुञ्ज नेपालको सात वटा राष्ट्रिय निकुञ्जमध्ये रारा राष्ट्रिय निकुञ्ज हिमाली क्षेत्रमा पर्ने र उक्त स्थानमा वन्यजन्तु चराचुरु·ी प्रशस्त मात्र हुनुपर्नेमा झन् संकटमा पर्दै गएका छन्।

विसं २०२० सालदेखि नै रारामा क्रमिक रूपले वन्यजन्तु चराहरू घट्दै गएको राराका एडी शाहले बताउनुभयो। कसैलाई चासो छैन, रारा निकुञ्जमा किन, कसरी वन्यजन्तु संकटमा परे भन्नेबारेमा अहिलेसम्म कसैले अध्ययन गरेको देखिँदैन।

निकुञ्ज क्षेत्रमा मानवीय चहपहल, चोरी सिकारी, स्थानीयको चौपाया वस्तुको चरिचरन छाडा कुकुर, आगलागी, निकुञ्जभित्र बेलाबखत हेलिकोप्टर उडान र अवतरणजस्ता विविध कारणले गर्दा वन्यजन्तु संकटमा पर्न गएको बुझिएको छ।

‘यति नै छन् भन्न नसकिए पनि भालु, बँदेल र रेडपाण्डा केही मात्रमा छन्’ रारा निकुञ्ज मध्यवर्ती विकास क्षेत्रका अध्यक्ष बलराम शाहनीले भन्नुभयो– ‘पछिल्लो समय वन्यजन्तु र चराको संख्या घट्दो अवस्था छ।’

हवाई रुटको असर मानवीय चहलपहल छाडा चरिचरिनले गर्दा वन्यजन्तु संकटमा परेको उहाँको भनाइ छ। ताल्चा एयरपोर्टमा अवतरण गर्ने जहाजको हवाई रुट पनि निकुञ्जभित्र भएकोले जहाजको आवाजले वन्यजन्तु तर्सेर बासस्थान छोडेर अन्यत्र गएको शाहनीको अनुमान छ।

घुच्ची लेकबाट जहाज विमानस्थलमा अवतरण गर्ने र फर्किँदा रारा तालमाथि बाटो प्रयोग गर्दा ध्वनिले वन्यजन्तुलाई असर पुगेको छ। तलितुम, माथितुम, पिना, झयारी, मुर्मा, हेन्नीकाँध, सायाखोला, कार्कीबाडा, टोप्लालगायत गाउँलेको चौपाया वस्तुको चरिचरन पनि निकुञ्जको मध्यवती क्षेत्रभित्रै भएको वन्यजन्तुको बासस्थानदेखि चरिचरन संकटमा परेको छ।

चहलपहलको समस्या जलवायु परिवर्तनका कारणले गर्दा पनि राराका वन्यजन्तुमा असर पुगेको छ। कहिले खडेरी त कहिले भारी हिमपातले गर्दा वन्यजन्तुदेखि चराको बासस्थान प्रजनन प्रक्रियामा असर पार्ने गर्छ।

वन्यजन्तु ओहोरदोहोर गर्ने बाटाहरू पनि साँघुरिँदै गएका छन्। बाटो निर्माण होटल सञ्चालन, काठ दाउरा तस्करीले गर्दा पनि वन्यजन्तुमा प्रभाव परेको छ। विसं २०७१ सालको ठूलो खडेरीको प्रभावले गर्दा राराका वन्यजन्तु लोप भएको स्थानीयको भनाइ छ।

खडेरीले घाँस पानीका मुहान सुकेपछि वन्यजन्तुले बासस्थान सरेका स्थानीयको बुझाइ छ। रारा राष्ट्रिय निकुञ्जको कार्यालयमा वन्यजन्तु चोरी सिकारीका मुद्दा अत्यन्तै न्यून देखिएका छन्।

०७३ मा एक जनालाई चोरी सिकार गरेवापत मुद्दा दर्ता गएको भएपनि अभियुक्त फरार रहँदा कानुनी कारवाही हुन नसकेको निकुञ्ज कार्यालयले जनाएको छ। ‘निकुञ्जमा चोरी सिकारीका मुद्दा छैनन्, निमित्त कार्यालय प्रमुख सरोज खड्काले भन्नुभयो’– ‘हिमाली कालो भालु रेडपाण्डको संख्या बृद्धि भएको छ, वन्यजन्तु, पंक्षी लोप हुने अवस्था छ।’

पछिल्लो समयमा निकुञ्जले चरिचरन, चोरी सिकारीजस्ता कार्यमा कडाइ गरेपछि वन्यजन्तुको संख्या बढेको खड्काको दाबी छ। सुरक्षाका लागि तीन सय सेना करिब एक सय छ वर्ग मिटरमा फैलिएको निकुञ्जको सुरक्षाको निम्ति हुटुमा नेपाली सेनाको ब्यारेक र लामाचौर, सल्लेरी, निगालबोट, घुच्चीडाक सेनाको पोष्ट स्थापना गरी करिब ३ सयभन्दा बढी सेना खटाइएको छ।