एभरेस्ट बैंकद्वारा सहयोग


एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धापाखेल, ललितपुरस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ।

एसजीसीपी एक गैरसरकारी तथा गैरनाफामुलक संस्था हो।जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालिका र युवालाई सहयोग गर्न र उनीका अभिभावकलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ।

एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत बिमललाल श्रेष्ठलाई संयुक्त रुपमा निर्देशक बाल गोपाल बैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले बैंकका अधिकारी र एसजीसीपीका टोलीको उपस्थितिमा स्कुल भ्यान हस्तान्तरण गरेका छन्।