एनआईसी एसिया बैंकका ग्राहकलाई द्वारिकाजका रेष्टुरेन्टमा छुट

0
Shares

एनआईसी एसिया बैंक र द्वारिकाज होटल प्रालिबीच विभिन्न रेष्टुरेन्टमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ।उक्त सम्झौता बमोजिम बैंकका डेबिट एवम् क्रेडिट कार्ड प्रयोगकर्तालाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेन्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।

बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ एन्ड कम्युनिकेसन म्यानेजर सुनिता गुरुङले सम्झौतापत्र आदानप्रदान गर्नुभयो।

बैंकको मुलुकभर ३१० शाखा कार्यालय, ४०१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउन्टर एवम् ४४ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

करिब १९ लाख ग्राहकका रहेका छन्। गत आर्थिक वर्षमा बैंकले करिब ३ अर्ब १५ करोड रुपियाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ।