भीरकोट बालमैत्री नगर बन्दै


अमृत अर्याल, स्याङ्जा ।

स्याङजाको भीरकोट नगरपालिका नगरकार्यपालिकाको आयोजनामा दुई दिने बालमैत्रीको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला तमू समाजको भवनमा शुरु भएको छ ।

दुई दिने कार्यशालाको शुभारम्भ गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले आगामी चैत्र मसान्त भित्र नगरपालिका वालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखेकाले वालमैत्री नगर वनाउनको लागी विभिन्न चरणहरु पुरा गर्नुपर्ने भएकाले कार्यशालाको आयोजना गरीएको भन्दै यस कार्यमा जनप्रतिनिधि, अभिभावक, कर्मचारी, विद्यार्थी, व्यवसायी र नगरवासी सवैको सहयोगको आवश्यकता र उत्तिकै जिम्मेवार हुनुपर्ने वताउनु भयो ।

दुई दिनको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशालमा ९ वटा वडाका वडाअध्यक्ष,९ सम्पर्क व्यक्ति, ९ वडा सहजकर्ता, ४ नगर सहजकर्ता, स्वास्थ्य र शिक्षा शाखाका कर्मचारीहरुको सहभागीता रहेको कार्यशालाको सहजिकरण राष्ट्रिय प्रशिक्षक विष्णु चौवेले गर्नुभएको छ ।

भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालको अध्यक्षता रहेको कार्यशालाको संचालन शिक्षा शाखा प्रमुख हेम प्रसाद आचार्यले गर्नुभएको थियो ।