सन्राइज बैंकको बैंकिङ सेवा थप

0
Shares

सन्राइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ चितवनको रत्ननगर नगरपालिका–१४ मा ४०औं शाखारहित बैंकिङ सेवाको शरूवात गरेको छ।

रत्ननगर नगरपालिकाको अध्यक्ष हरिकुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुतजंग श्रेष्ठले पिठुवामा शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नुभयो। साथै श्रेष्ठले शाखारहित बैंकिङ सेवाको प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो।

हालसम्म सन््राइज बैंकले १२६ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४५ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।