चीनलाई ऋण नदिन विश्व बैंकलाई ट्रम्पको निर्देशन

0
Shares

वासिङटन, (एजेन्सी)।

अमेरिका र चीनबीच व्यापार युद्ध रोकिने संकेत देखिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा नीति अवलम्बन गर्दै विश्व बैंकसँग चीनलाई थप ऋण नदिन भनेका छन्।शनिबार बिहान गरेको एक ट्विटमा उनले विश्व बैंकले चीनलाई किन ऋण दिइरहेको छ ? भन्ने प्रश्न गरेका थिए। चीनसँग पर्याप्त पैसा छ।

यदि चीनसँग पैसाको कमी भयो भने आफैले निकाल्नु पर्नेछ। विश्व बैंकले ऋण दिन बन्द गर्नुपर्छ। ट्रम्पको ट्विटपछि विश्व बैंकका अध्यक्ष डेविड मलपासले एक बयान जारी गरी चीनलाई प्राप्त हुने ऋण लगातार घटाइरहेको र आगामी दिनमा अझ घटाइने बताएका छन्।

त्यस्तो गर्नुको कारण बंैकका सेयर होल्डर्ससँगको सम्झौता भएको उनले बताए। अमेरिका पनि विश्व बैंकको एक ठूलो सेयर होल्डर हो।डेविड मलपासले भने, कुनै पनि देश धनी हुँदै गएपछि बैंकबाट उसलाई कम ऋण वितरण गर्छ। अमेरिकाले अब चीनले पाउने ऋणमा प्रश्न उठाउन थालेको छ।

चीन र अमेरिकाबीच करिब १८ महिनादेखि व्यापार युद्ध जारी छ। अमेरिकाले चीनबाट आयात हुने ५ सय ५० अर्ब डलरको सामानमा भन्सार शुल्क बढाएको छ। चीनले पनि अमेरिकाले आयातित समानमा भन्सार बढाएको छ। व्यापार युद्ध टुंग्याउन दुई देशबीच कयौं चरणको वार्तामा प्रयत्न भइरहेको छ तर वार्ता नतिजामा पुग्न पाएको छैन।

इजरायलको सबैभन्दा राम्रो मित्र

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसमा इजरायलको उनीभन्दा राम्रो अर्को मित्र नभएको बताए। ट्रम्पले फ्लारिडामा आयोजित ‘अमेरिकन इजरायली काउन्सिल नेसनल समिट’मा यहुदीहरूका लागि महत्वपूर्ण मामिलामा आफ्नो कामको रेखांकित गरे।

सम्बोधनको शुरुआतमा अमेरिकी विदेश नीति परिवर्तन गर्न, जेरुसलमलाई इजरायली राजधानीका रूपमा मान्यता दिन र अमेरिकी दुताबासलाई तेल स्थानान्तरित गर्ने आफ्नो फैसला ट्रम्पले उल्लेख गरे।ट्रम्पले वर्ष २०१६ मा राष्ट्रपति चुनावप्रचार अभियानमा उक्त प्रतिबद्धता व्यक्त गरेका थिए।

पूर्वराष्ट्रपतिले दुताबास स्थानान्तरण गर्ने प्रतिबद्धता गरेको भए पनि उनीहरूको त्यस्तो गर्ने कुनै मनसाय नभएको आफूलाई लागेको ट्रम्पले बताए। उनले भने– ‘अन्य राष्ट्रपतिविपरीत मैले आफ्नो प्रतिबद्धता पूरा गरें।यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको शत्रुतापूर्ण ढंगले प्रस्तुत हुनु अचम्मित पार्ने खालको भएको बताए।

संयुक्त राष्ट्रमा प्योङयाङका राजदूतद्वारा अमेरिकासँगको वार्तामा परमाणु निशस्त्रीकरणमा कुनै वार्ता नहुने बयान दिएको केही समयपछि ट्रम्पको उक्त टिप्पणी आएको थियो। किम सोंगले भनेका थिए – ‘हामीलाई अब अमेरिकासँग लामो वार्ता गर्न आवश्यक छैन र परमाणु निशस्त्रीकरणमा वार्ता पहिल्यै ठप्प भइसकेको छ। त्य

सपछि एक पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफमा ट्रम्पले भने– हामी उत्तर कोरियामाथि विचार गर्नेछौं। उत्तर कोरिया शत्रुतापुर्ण ढंगले अगाडि देखिनु अचम्भित पार्ने खालको हुनेछ।

किम जोङ उनीसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै आफूहरू दुवैले त्यसलाई कायम राख्नुपर्ने उनले बताए। आफूलाई चुनावको तयारी गर्नुपर्छ भन्ने कुरा किमलाई थाहा भएको र त्यस्तो अवास्थामा उनले हस्तक्षेप नगर्ने अपेक्षा ट्रम्पले व्यक्त गरे।