कैदी साटासाट


वासिङटन, (एजेन्सी)।

अमेरिका र इरानले आपसी तनावका बीचमा एक अर्काका कैदी साटासाट गरेका छन् । दुई देशले रिहा गरेका कैदीमा चिनियाँ मुलकी एक अमेरिकी शोधकर्ता र इरानका एक वैज्ञानिक परेका छन्। अमेरिकी शोधकतालाई इरानले जासुसीको आरोपमा दोषी ठहर्याएको थियो।

इरानका वैज्ञानिक प्रतिबन्ध उलंघनलाई लिएर अमेरिकाको जेलमा थिए। रिहा गरिएका ती दुवैले कुनै पनि गलत काम गरेको कुरालाई अस्वीकार गर्दै आइरहेका थिए। त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताका लागि इरानलाई धन्यवाद दिँदै यसले एक अर्कासँग सम्झौता हुन सक्छ भन्ने देखाएको ट्विटमा उल्लेख गरेका छन्।