इटहरीस्थित बीग बारमा आगलागी हुदा करोडौँको क्षती

0
Shares

सरोज यादव,विराटनगर । 

सुनसरीको इटहरी चोकस्थित बीग बार एण्ड रेष्टुरेन्टमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । इटहरी चोकबाट पश्चिमतर्फ बाटोकोे उत्तरमा अवस्थित सूर्य कम्प्लेक्सको पाँचौं तलामा रहेको बीग बारमा आगलागी भएको हो ।

आगलागीका कारण बीग बारको मात्र ४ करोड बढीको क्षति भएको सञ्चालक किरण पराजुलीले जानकारी दिनुभयो । अन्य तलामा भने समान्य मात्र क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बीग बारमा रहेका सम्पूर्ण समान जलेर नष्ट भएका छन् । पाँचौ तलमा आगलागी भएकाले आगलागी नियन्त्रणमा लिन निकै समस्या परेको थियो । राति १२ बजेतिरबाट सुरु भएको आगलागी ४ बजे तिर मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको थियो भने स्थाानीयबासी, प्रहरी र सेना खटिएका थिए ।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनभुयो ।

यता होटलका सञ्चालक पराजुलीले भने आफूहरु राति साढे ११ बजे होटलबाट निस्किएकोमा १२ बजेतिर नै आगलागी फैलिएकाले घटना शंंकास्पद रहेको बताउनुभयो ।