स्नातकोत्तरमा सर्बोत्कृष्ट महासचिव रायमाझीलाई नेकपा सांसदको सम्मान

56
Shares

काठमाडौ ।

अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव सुन्दर रायमाझी सम्मानित भएका छन् । प्रणव बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारणसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद केशव पोखरेलद्वारा उनलाई सम्मान गरिएको हो ।

महासचिव रायमाझीलाई त्रिभुवन विश्वबिद्यालयको ६६ औँ वाणिज्य दिवसमा पनि डा. गोबिन्दराम अग्रवाल स्वर्ण पदकद्वारा सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष प्रमोद रोका क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका माननीय सांसद श्री केशव पोखरेल प्रमख अतिथी थिए ।

अखिल क्रान्तिकारीका केन्द्रिय महासचिव सुन्दर रायमाझी, काठमांडौ क्षे.न. ९, कांग्रेसका क्षेत्रीय सभापती जयकृष्ण श्रेष्ठ, गरीमा सिमेन्टका कार्यकारी निर्देशक राजाराम खड्का, काठमांडौ महानगरपालिका सहकारी विभागका प्रतिनिधी शीवजी भट्टराई, केशवबबहादुर रोका र नन्दकुमार बुढाथोकी एवं विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायत पत्रकार तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपा सांसद पोखरेलले सहकारीहरुलाई सुशासनको बाटोमा अगाडी बढाउदै उत्पादनमुलक कार्यक्रममा सहभागी गराउन जोड दिएका छन्।नेपालमा सहकारी संस्थाहरूले समाजका विपन्न तह एवम् महिलाहरूको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सांसद पोखरेलले बताए ।

महासचिव सुन्दर रायमाझीले सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरुले सहकारीसंस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । संस्थामा आवद्ध सेयर सदस्यहरूले बर्षको एकपटक साधारणसभामा उपस्थित भएर ताली पड्काउने मात्र नगरी संस्था कसरी सञ्चालन भइरहेको छ भन्नेमा चासो राखी आवश्यक सुझाव दिने तथा सहयोग गर्ने बानी बसाउनु पर्ने रायमाझीले सुझावको  थियो ।

सहकारीहरु नीति, विधि र प्रबिधिबाट संचालन हुनुपर्नेमा जोड दिँदै पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सहकारी विभागका प्रतिनिधी शीवजी भट्टराईले आग्रह गरेका छन् ।

यस्तै सहकारी ऐन, नियमावली, संस्थाको विनियम तथा सहकारी सम्बन्धी जारी निर्देशनहरु लगायत सञ्चालकहरुको भूमिकाका बारेमा समेत भट्टराईले सहजीकरण गरेका थिए ।