नयाँदिल्लीमा भिषण आगलागी, ३२ जनाको मृत्यु

0
Shares

काठमाडौं ।

भारतको नयाँदिल्लीस्थित रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसासिएर भएको उल्लेख गरिएको छ ।

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

पुरानो दिल्लीको यो क्षेत्रमा साँघुरा गल्ली छन् । उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ ।