किनिएका नाजीकालिन वस्तुहरू दान

0
Shares

बेरुत, (एजेन्सी)।

गत साता मात्र जर्मनीमा आयोजित एक विवादास्जद लिलाममा आफूले किनेका नाजी कालिन इतिहास सम्झाउने केही वस्तुहरू एकजना लेवनानी व्यापारीले इजरायली दातृ संस्थाहरूलाई चन्दास्वरुप प्रदान गरेका छन्। अब्दाल्लाह चातिला नामक ती वयक्तिले आफूले ती वस्तुहरू नव– नाजी प्रोपोगान्डामा प्रयोग नहुन भन्ने हिसाबले आफूले खरिद गरेको बताएका छन्।

स्विजरल्यान्डमा बसेर व्यापार व्यवसाय गर्दै आएका उनले चन्दास्वरुप प्रदान गरेका वस्तुमा नाजी नायक एडोल्फ हिटलर पनि रहेका छन्। उनले ती वस्तु इजरायली चन्दा संकलन गर्ने संस्था केरेन हायसोडलाई दिएका हुन्। सो लिलाम कार्यक्रमको यहुदी समूहहरूले निकै आलोचना गरेका थिए।

जर्मनी शहर म्युनिखस्थित हर्मान हिस्टोरिका नामक एक नाम चलेको लिलाम गृहले आयोजना गरेको सो कार्यक्रममा चातिलाले करिब ६ लाख युरो खर्चेर दस वटावस्तु खरिद गरेका थिए। जेनेभामा रियल स्टेट र हिराको व्यापार गर्ने उनी स्विजरल्यान्डका ३ सय जना धनी व्यक्तिहरूको सूचिमा पर्दछन्।

उनले खरिद गरेका वस्तुमा हिटलरको ह्याट, सिगार, बक्स , टाइप राइटर र चाँदीको बाकसमा राखिएको हिटलरकै आत्मकथा मेइन क्याम्फ रहेका छन्।
चातिलाले स्विस अखबार ले माटिन डिमान्चेलाई बताएका छन् ,‘युरोपमा कटर दक्षिणपन्थी पप्युलिज्म र यहुदीमाथिको भेदभावविरुद्ध भावना फैलिरहेको वर्तमान अवस्थामा यी वस्तुहरू कुनै पनि गलत प्रयोग गर्नेहरूका हातमा नपरुन भनेर मैले किनेको हुँ।

युरोपेली यहुदी संगठन (ईजेए) लगायत थुप्रै यहुदी समूहहरूले उनको कार्यको प्रशंसा गर्दै लिलाम गृहमा राखिएका वस्तुको ऐतिहासिक महत्व कम रहेको तथा नाजीवादलाई गौरव ठान्नेहरूले मात्र ती वस्तु खरिद गर्ने बताएका छन्।