विश्व शिक्षाको संयुुक्त अनुगमण सम्पन्न


बासुदेव शर्मा, जाजरकोट ।

नलगाड नगरपालिका १२ वायाकाडाको दलित प्राथमिक विद्यालयमा विश्व शिक्षा कार्यक्रमको आर्थिक सहयोग, शिक्षा विकास समन्वय इकाई कार्यालय जाजरकोटको समन्वय तथा स्थानिय साझेदार संस्था पाँचतारा युवा संरक्षक मंन्च जाजरकोटको आयोजनामा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त अनुगमण गरेको छ ।

विश्व शिक्षा कार्यक्रमले शिक्षण सिकाईलाई प्रभावकारी वनाउन जाजरकोटका २०२ वटा विद्यालयमा शैक्षिक सामाग्री उपलव्ध गराएको हो ।

कार्यक्रमको मापदण्ड अनुसार कक्षा १ देखी कक्षा ५ सम्मका विद्यालयहरुलाई बालवालिकाहरुको पढाई सुधारको लागी विद्यालयलाई प्रारम्भिक तह पढाई कार्यक्रम मार्फत नेपाली र गणित बिषयको पठनपाठन प्रभावकारी बनाउन १९ सय ३९ वटा शैक्षिक सामाग्री उपलव्ध गराएको छ ।

२०५० सालमा स्थापना भएको विद्यालयमा स्थापनाकालमा विद्यालय संचालन गर्दा ६ जना विद्यार्थिहरुबाट शुरु गरेको विद्यालयमा हाल १५० जना छात्र छात्राले अध्ययन अध्यपन गरी रहेका मछन् ।

१ देखि ५ कक्षा सम्म संचालन भएको दलित प्राथमिक विद्यालयमा छात्रा ७० छात्र ८३ जना बालवालिकाहरुले पठनपाठन गरेका छन ।जम्मा १५० जना विद्यर्थी भएको विद्यालयमा सवै दलित वर्गका वालवालिकाहरुले पठनपाठन गरेका छन् ।

विद्यालय स्थापनाकाल देखि पठनपाठन गराई राख्नु भएकादलित प्राथिमक विद्यालय बायकाडाका प्रधानाध्यपक हरि प्रसाद ज्ञवालीले आफु बाहुनको छोरा भएर पनि सवै दलित बालवालिकाहरुलाईभएकोले कुनै भेदभाव नगरी शिक्षा दिएको वताउनु भयो ।बालवालिकाहरुको आगामी भविश्यलाई उज्ज्वल बनाउन आफुले जानेको सहयोगी निकायहरुबाट प्राप्त भएको शिक्षा शैक्षिक सामाग्रीहरु प्रयोग गरी पठनपाठन गराएको वताउनु भयो ।

कार्यक्रमले समेटेका जाजरकोटका २०२ वटा विद्यालयमा सिकाई प्रक्रिया सहज वनाउन बालबालिाहरुले सरल तरिकाबाट शिक्षा पाउन भन्ने उद्धेश्यले विद्यालयमा गणित र नेपाली विषयका १९ सय ३४ वटा शैक्षिक सामाग्री विद्यालयबाट उत्पादन हुनेफोहोर संकलन गर्न डस विन, विद्यार्थीहरुले कति सिकेकुन विद्यार्थी सरर पढन जान्छ उसको नाम सहित पाएको नम्वर राख्नको लागी सिकाई अभिलेख तालिका विद्यालयलाई सहयोग गरेको विश्व शिक्षा कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत प्रमोद कुमार विष्टले वताउनु भयो ।

पाँचतारा युवा संरक्षक मंन्च जाजरकोटका सचिव रमेश कुमार सिहले थोरै भएपनि दलित वस्तीका विद्यार्थीहरुको भविश्य उज्ज्वल वनाउन दलित प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री दिएको वताउनु भयो ।

संस्था मार्फत उपलव्ध भएको शैक्षिक सामाग्रीले विद्यार्थीहरुको सिकाई प्रभावकारी हुने भएकोले शैक्षिक सामाग्रीको प्रयोग गरी बालवालिकाहरुलाई शिक्षा दिन शिक्षकलाई आग्रह गर्नु भयो । उहाँले अझ पनि संस्थाले पछाडी पारेका वर्गका बालवालिकाहरुलाई सहयोग गर्ने वताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय जाजरकोटका प्रमुख तिलक भटराईले बालवालिका कलिला मुना भएकोले शिक्षण सिकाई प्रभावकारी वनाउन शिक्षक अभिभावक लाग्नु पर्ने वताउनु भयो ।

जाडो समय आएकोले वालवालिकाहरुलाई न्यानो कपडाको व्यवस्था गर्न स्थानिय सरकारलाई आग्रह गर्नु भयो । विद्यालयको हितमा गर्न लागेका कार्यक्रमहरुमा सहयोग तथा समन्वयकारी भुमीका राख्ने प्रमुख भटराईले वताउनु भयो ।

नलगाड नगरपालिका उप प्रमुख बालकुमारी वस्नेतले नगर शिक्षा निति निर्माण भईसकेकोले आगामी दिनमा शैक्षिक कार्यक्रम संचालन गर्दा नितिको मापदण्ड अनुसार विद्यालयलाई सहयोग गर्ने वताउनु भयो ।

उहाँले भवन नभएको विद्यालयमा भवन उपलव्ध गराउने, विद्यार्थी अनुपातमा शिक्षक थप्ने, दरवन्दी नभएको विद्यालयमा शिक्षक पुर्ति लगाएत विद्यालयलाई आवश्यक पर्ने सामाग्रीहरुको समाधान गर्ने वताउनु भयो ।

विद्यार्थीहरुकोलागी नास्ताको रुपमा प्रयोग गर्ने दिवा खाजा बनाउने भवन जिर्ण भएकोले नगरपालिकाले भवन निर्माणको लागी यसै आर्थिक वर्षमा सहयोग गर्ने बताउदै शिक्षा प्रति बालवालिकाहरुलाई कुनै पनि अभिभावकले बालवालिकाको शिक्षा पाउने अधिकार बन्चित नगराई नियमित विद्यालय पठाउन उप प्रमुख वस्नेतले आग्रह गर्नु भयो ।