स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाकोे भूमिका महत्वपुर्ण


यमलाल भुसाल, बुटवल ।

समुदायको टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका स्वास्थ्य क्षेत्रमा अहम् रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

सिद्धार्थनगर गरपालिकाले १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बिहीबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको बताएका हुन ।

यस वर्ष ‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा काफ्लेले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको औल्याउनु भयो् । उहाँले ‘आमसमुदायको घरघरमा पुगेर स्वयंसेविकाले सेवा दिन्छन्, उनीहरुले समुदायसँग प्रत्यक्ष भलाकुसारी गर्ने गरेको बताउनु भयो् ।

उहाँले स्वयंसेविकालाई राज्यले राम्रोसँग परिचालन गर्न सके मातृशिशु र बाल स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिने बताउनु भयो ।

विना पारिश्रमिक स्वास्थ्य सुधारमा लागेका स्वयंसेविका हरेक स्थानीय तहको अभिन्न अंग भएको उहाँले बताउनु भयो् ।

प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विना पारिश्रमिक निस्वार्थ रुपमा स्वयंसेविकाले सेवा गरेको भन्दै प्रशंसा गर्नु भयोे । उहाँले नगर मौ नभई सिंगो मुलुकबाट मातृशिशु र बालमृत्युदर नियन्त्रणमा अतुलनीय योगदान गरेको जनाउनु भयोए ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले अहिले स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनु भयो ।

स्वास्थ्य स्वयंसेविका सिद्धार्थनगर प्रमुख लक्ष्मी पाण्डेले स्वास्थ्य क्षेत्रमा आफूहरुले महत्वपूर्ण योगदान गरे पनि माथिल्लो निकायबाट आफूहरुका समस्या समाधानमा बेवास्ता गरिएको बताउनु भयो् ।

कार्यक्रममा नगरभित्र स्वयंसेविकाको रुपमा काम गर्ने एक सय जना स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान समते गरिएको थियो । यस्तै, उनीहरुलाई परिचय पत्र पनि प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।