मानव कल्याण मित्र मञ्चद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण


यमलाल भुसाल, बुटवल ।

मानव कल्याण मित्र मञ्च रुपन्देही, नेपालले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । मञ्चले गरिव तथा विपन्न वर्गका विद्यार्थीलाई जाडोमा लगाउने स्वीटरहरु प्रदान गरेको हो ।

रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालयमा अध्ययनरत १८ जना, बुटवलको ज्ञानोदय माध्यामिक विद्यालयका १६ जना र नयांगाउं माध्यामिक विद्यालयका २३ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ ।

विद्यालयहरुले माग गरेपछि विद्यार्थीका लागि स्वीटर दिइएको मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनुभयो ।

मञ्चका अध्यक्ष अर्यालका अनुसार मानव कल्याण मित्र मञ्चमा आवद्व सदस्यहरुको सहयोगमा ३१ हजारको स्वीटर वितरण गरिएको हो ।

मञ्चले यस अघिपनि यस क्षेत्रमा रहेका अनाथ आश्रम र गरिव तथा जहेन्दार विद्यार्थीलाई सहयोग गरेको थियो । त्यस्तै वर्षातको समयमा गुल्मीका बाडी पींडितलाई आर्थिक सहयोग गरेको थियो । मञ्चका अध्यक्ष अर्याल र सदस्यहरुले आर्थिक उठाएर बाडी पिंडितलाई सहयोग गर्नुभएको थियो ।

मित्र मञ्चले रोजगारीका लागि भारतमा गएका नेपाली समस्यामा परेको अवस्थामा उद्वार गर्दै आएको छ । मञ्चले भारतमा अलपत्र परेरका कैयौ नेपालीको उद्वार गर्नुका साथै आर्थिक सहयोगसमेत गर्दै आएको थियो ।

नितान्त समाज सेवाका लागि स्थापना गरिएको यो मानव कल्याण मित्र मञ्चले समाज र मानवीय सेवामा सहयोग पुराउने गरेकोे मञ्चकी सचिव कविता पन्थीले बताउनुभयो ।