समुदायसंग जोडिएर काम गर्दै सेना


यमलाल भुसाल, बुटवल ।

नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका प्रमुख उपरथी सिताराम खड्काले सेनाले समुदायसंग जोडिएर सामाजिक उत्तरदायित्वका काम गरिरहेको बताउनु भएको छ् । शान्तिसुरक्षाका अलवा विकास निर्माणमा समेत सेनाले सरकारलाई सघाएको भन्दै त्यस्तै सहयोग नागरिक स्तरमा पुराइरहेको उहाँले बताउनु भयो ।

विपद व्यवस्थापनमा सेनाले महत्वपूर्ण काम गरिरहेको बताउदै उहाँले मुलुकका जटिलपूर्ण विकास निर्माणका कामदेखि विपद्को उद्धारमा सेना सदैव अग्रपंत्तीमा हुने गरेको बताउनु भयो । सेनाले गरेको गतिबिधिका विषयमा कम समाचार बन्ने गरेको उहाँले अनुभव सुनाउनु भयो ।

नेपाली सेनाको आयोजनामा बुटवलमा भइरहेको रक्षा संवाददाता अभिमुखिकरणको बिहिबार समापन गर्दै पृतनापति खड्काले मिडियासंग समन्वयमा सेनाले थप काम गरिरहेको बताउनु भयो । ‘दुर्घटनाको उद्धामा सेनाले महत्वपूर्ण भूमिका निभाएको छ, तर सेनाले गरेको गतिबिधि समेटिएका छैनन्, उहाँले नरपानी अर्घाखाची दुर्घटनाको उदाहरण दिदै भन्नु भयो सेनाको काम त निरन्तर नै रहनेछ, तैपनि खटिनेहरुको उत्साहका लागि खवर पनि आवश्यक रहेछ ।’

नेपाली सेनाले समुदायसंग जोडिने गतिबिधि शुरु गरेको छ । जसका लागि नागरिक समुदायसंग सेना र पत्रकारहरुलाई रक्षा संवाददाता अभिमुखीकरण शुरु गरेको बताउनु भयो ।

सेनाका पृतना, बाहिनी तथा गण गुल्मबाट त्यो कार्यक्रम सञ्चालन गरिएको छ । सेनाले सातै प्रदेशका मुकामहरुमा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण समेत दिएको छ ।

सात प्रदेशका कम्तिमा १ सय ५० पत्रकारलाई रक्षा संवाददाताको तालिम दिइरहेको छ । अहिलेसम्म प्रदेश नम्बर १ देखि प्रदेश नम्बर ५ सम्म सकिएको छ । बिहिबार सकिएको प्रदेश ५ को तालिममा बोल्दै मध्यपश्चिम पृतनापति खड्काले समुदायसंग नजिकिएर सेनाले काम गरिरहेको बताउनु भयो । सेनाले बिभिन्न जिल्लामा नागरिक समुदायसंग छलफल चलाइरहेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा पत्रकार यमलाल भुसालले तालिमले नेपाली सेना र पत्रकार बीच सम्मधुर सम्बन्ध विस्तार गर्नुका साथै नेपाली सेनाका गती बिधी वाहिर लिन टेवा पुग्ने धारणा राख्नु भएको थियो ।