रुपन्देहीका १६ वटै स्थानीय तहमा समाजवादीको समायोजन हुंदै


यमलाल भुसाल, बुटवल ।

समाजवादी पार्टी रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहमा पार्टी समायोजन गर्दैछ ।

तत्कालीन संघीय समाजवादी र नयां शक्ति पार्टीबीच जिल्ला तहसम्म समायोजन भएर नयां नेतृत्व आएसंगै स्थानीय तहहरुमा समायोजन हुन थालेको हो ।

पार्टीको हालै भैरहवामा सम्पन्न वैठकले मंसिर २३ गते सिद्धार्थनगरबाट समायोजन शुरु गरी पुस १३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको हो । समायोजनका लागि सम्बन्धित पालिकाका केन्द्रीय सदस्य, प्रदेश सदस्य, सांसद र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा गर्नुपर्ने निर्णय भएको समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवले जानकारी दिनु भयो ।

समायोजनका लागि १६ वटै तहका स्थानीय नेतृत्वलाई जिम्मेवारी तोकिएको छ । जस अनुसार सिद्धार्थनगरमा (मंसिर २३) अर्जुन जैसवाल र रविना भण्डारी, शुद्धोधन गाउपालिकामा (मंसिर २६) बाबुराम पाल, ऋषि पाठक, जयशंकर पाठक, तौलेश्वर लोध र प्रकाश खनाल, कोटहीमाई गाउपालिका (मंसिर २७) चन्द्रभुषण यादव, घनश्याम यादव, विनोद यादव, रामअवध पासवान, भानमति बानिया, चिन्कु धरिकारलाई जिम्मेवारी तोकिएको पार्टीका जिल्ला सचिव सोमनाथ शर्माले जानकारी दिए ।

यस्तै मर्चवारी गाउपालिकामा (मंसिर २८) सुरेन्द्रनाथ मिश्रा, सुनिल जयसवाल, केशवनन्द बानिया, शंकर कलवार, रामअवतार यादव बी, सम्मरीमाई गाउपालिकामा (मंसिर २९) रिंकु शुक्ला र अनरजित यादव, मायादेवी गाउपालिकामा (मंसिर ३०) विमला विक, कृष्णकान्त यादव, हरिश्चन्द्र सैथवार र रामनारायण चौधरीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी सियारी गाउपालिकामा (पुस १) सुशिला थारु,पुरन यादव, गोविन्द यादव, लुम्बिनी सांस्कृतिक नगर पालिकामा (पुस २)अब्दुल मोबिन, श्यामकुमार यादव, गैडहवा गाउपालिकामा (पुस ३) बच्चुलाल केवट, अजयतुल्ला भाट र तुल्सीराम यादव र कन्चन गापामा (पुस ६) गौरीशंकर सोनारलाई जिम्मेवारी दिइएको छ ।

यस्तै सैनामैना नगरपालिका (पुस ७ ) हरि खड्का, रोहिणी गापामा (पुस ८) घनश्याम सिंह क्षेत्री र सनोज यादव, ओमसतिया गापा (पुस ९) रोहित केवट, देवदह नपा (पुस १०) रमेश चन्द्र यादव, तिलोत्तमा नपा (पुस ११) चन्दन चौधरी र पुरुषोत्तम कंडेल तथा बुटवल उपमहानगरपालिका (पुस १२) वामदेव भुसाल र किरण गुप्तालाई जिम्मेवारी दिइएको छ ।