नेकपाले सत्ता र शक्तिको दुरुपयोग गर्योः कांग्रेस सहमहामन्त्री महत


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट मन्त्री डा. प्रकाशशरण महतले दाङ र पोखरा लगाएतका केही स्थानमा कांग्रेसको राम्रो जनलहर हुदाहुदै पनि सरकारले शक्ति र सत्ताको दुरुपयोग गरेर उपनिर्वाचन जितेको आरोप लगाएका छन।

आज नुवाकोटको ककनिमा नेपाल तरुण दल नुवाकोट क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले कम्युनिस्टहरु बिश्वभरबाट लोप भएर गएपनी नेपालमा भने झुठ र भ्रमात्मक प्रचारको कारन सत्तामा रहेको जिकिर गरे।

नेपाल कम्युनिस्ट पार्टीको झुठ र भ्रमपुर्ण प्रचारका विरुद्ध जनतालाई सचेत बनाउन तिर केन्द्रित हुन तरुणका नेताकार्यकर्तालाई कांग्रेस सहमहामन्त्री महतले निर्देशन पनि दिए।

कांग्रेस प्रचारको बाटोमा कहिल्यै नलागेर जनताको काममा तलिन भएको भन्दै यस्ता कुरा जनतालाई बुझाउन तरुण दललाई जनसम्पर्क बढाउने काममा लाग्न सुझाव दिए।

महतले मंसिर १४ को उपनिर्वाचन कांग्रेसको लागि उपलब्धि मुलक भयो बताएका छन। सहमहामन्त्री महतले उपनिर्वाचनको नतिजाले सरकार गलत बाटोमा हिडेको पुष्टि गरेको पनि जिकिर गरे। उनले वर्तमान सरकारलाई उपनिर्वाचनले सच्चिन गतिलो सन्देश दिएको भन्दै सरकारलाई सच्चिन आग्रह गरे।

कांग्रेसले सत्ताधारी दलले लालकिल्ला भनेर चिनाउने भक्तपुर र धरान जस्ता महत्त्वपूर्ण स्थानमा राम्रो मतान्तरले चुनाव जितेको भन्दै नेकपाले यो परिणाम देखेर पनि दम्भको घमण्ड त्याग्नुपर्ने बताए।