प्रधानमन्त्री ओली डिस्चार्ज


न्युज अफ नेपाल, काठमाडौं ।

विगत दश दिन देखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।

गएकाे मंसिर १० गते पेट दुख्ने समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको देखिएपछि शल्यक्रिया भएको थियो ।

शल्यक्रियापछि दश दिन अस्पतालमा आराम गरेर प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन्।