हराएका ३३ मोवाईल सम्बन्धित व्यक्तिलाई बुझाईयाे


न्युज अफ नेपाल, काठमाडाैँ ।

उपत्यकाका बिभिन्न स्थानबाट हराएका ३३ वटा मोवाईल फेला पारी बिहिबार सम्बन्धित व्यक्तिलाइ जिम्मा लगाईएको छ ।

चोरी भएका तथा हराएका मोवाईल खोजतलास गर्ने क्रममा उपत्यकाका बिभिन्न स्थानबाट उक्त मोवाईलहरु फेला पारी सम्बन्धित पिडितलाई बुझाईएको प्रहरीले जनाएको छ ।

साथै अन्य फेला नपरेका मोवाईल सेटहरुको खोजतलास तथा अनुसन्धान कार्य भई रहेको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभएको छ ।