पुरातात्विक मानेको संरक्षणमा जुट्यो गाँउपालिका


लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका पुरातात्विक महत्वाको ऐतिहासिक मानेहरुको संरक्षणमा जुटेको छ ।

मितेरी सामुदायिक वन उपभोत्ता समिती खिजीदेम्बा ९ र खिजीदेम्बा गाँउपालिकाको सहकार्यमा कुल १ लाख ३१ हजारको लागतमा खिजीदेम्बा ९ पात्लेमा रहेका ५ वटा माने हरुमा रङरोगन गरिएको छ ।

खिजीदेम्बा गाँउपालिकाको ९ नम्बर वडा पात्लेमा २६ वटा पुरातात्विक मानेहरु रहेको गाँउपालिकाको तथ्याङकमा उल्लेख छ ।

ठुलाठुला पहरा र पुराना ठुलाठुला ढुंङगाहरुमा लोपउन्मुख शेर्पा भाषाको लिपि सम्भोटा लिपिमा कुदिएका मानेहरु संरक्षणको अभाबमा जिर्ण अवस्थामा रहेका छन ।

कति सालमा कस्ले मानेको निर्माण गरेको हो भन्ने एकिन तथ्याङक नभए पनि यि मानेहरु करिब ४ सय देखि ५ सय बर्ष पुरानु भएको स्थानियहरुको दाबी छ ।

खिजीदेम्बा गाँउपालिकाका अध्यक्ष वेद बहादुर रोकाले गाँउपालिका भरिरहेका ऐतिहासिक तथा पुरातात्विक ठाउ तथा बस्तुहरुको खोजि गरि संरक्षण गरिने बताउनु भयो ।

यसै गरि गाँउपालिका उपध्याक्ष शुसिला तामाङले ऐतिहासिक तथा पुरातात्वि ठाउको संरक्षण तथा प्रर्बद्धनले संस्कृतिको संरक्षण हुनुका साथै बाह्य तथा आन्तरिक पर्यटनमा बृद्धीहुने बताउनुभयो ।