काठमाडौं, (नेस)।
काठमाडौं महानगरपालिका १६ बनस्थली मिलिजुलीटोल डेरा गरी बस्ने नुवाकोट लिंखु गाउँपालिका–४ घर भएका केदार तिवारीको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहनासमेत गरी करिब ७ लाख १६ हजार ४ सय रुपियाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका–५ धापासी डेरा गरी बस्ने सप्तरी राजविराज घर भएका उपेन्द्र दासको कोठाबाट नगद, सुनका विभिन्न गरगहनाहरू तथा मोबाइल १ थानसमेत गरी करिब ४ लाख ३४ हजार रुपियाँ बराबरको धनमाल मंगलबार राती चोरी भएको छ।
उता मोरङ, बिराटनगर महानगरपालिका–१ बुद्धचोक बस्ने नरेश पौडेलको घरबाट सुन तथा चाँदीका विभिन्न गहनाहरू र मोबाइलसमेत गरी करिब ९ लाख रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ।











प्रतिक्रिया