मालपोत कार्यालय, भक्तपुरका नासु घुससहित रङ्गेहात पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई ४० हजार घुससहित पक्राउ गरेको छ ।

नायब सुब्वा मिश्रले मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी भाईकाजी गौतमलाई ४० हजार दिनु भनी घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

दुवै जनालाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।