पूर्वी इन्डोनेसियामा ५.५ म्याग्नीच्यूडको भूकम्प


जकार्ता ।

इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो ।

विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १ सय ८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १ सय ९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो १ बजे गएको उक्त भूकम्पका कारण सुनामीको चेतावनी भने जारी गरिएको छैन । इन्डोनेसियामा बर्सेनि भूकम्पका धक्काहरु महसुस गर्न सकिन्छ ।
रासस/सिन्ह्वा