ट्रककाे ठक्करबाट साइकल यात्रीको मृत्यु


न्युज अफ नेपाल, नेपालगञ्ज ।

नेपालगञ्जमा ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको भे १ ख २८४७ नम्बरको ट्रकले नेपालगञ्ज–१, धम्बोझीको पेट्रोलपम्प नजिक साइकललाई ठक्कर दिंदा साइकलमा रहेका दलबहादुर रावलको मृत्यु भएको हो ।

साइकलमा सवार अर्का गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।