हजारौं मारिँदै


लन्डन,(एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने हजारांै प्रदर्शनकारीको ज्यान लिइरहेको तथा अन्तर्राष्ट्रिय जगतले यस विषयमा थप चासो लिनुपर्ने बताएका छन्।

तेलको मूल्यवृद्धि घोषणा भए लगत्तै नोभेम्बरको मध्यमा इरानमा अस्थिरता शुरु भएको थियो। तर यसले तुरुन्त ैराजनीतिक रुप लिन पुग्यो।

सडकमा ओर्लेका प्रदर्शनकारीहरूले उच्च पदस्थ सरकारी अधिकारीहरूको राजीनामा माग्न थाले। इस्लामिक गणतन्त्र इरानको ४० वर्ष लामो इतिहासकै सरकारविरुद्ध भएको यो सबैभन्दा ठूलो प्रदर्शन भएको सञ्चार माध्यमले जनाएको छ।