चन्द्रयान–२ को विक्रम ल्यान्डर खसेको स्थानको तस्वीर प्राप्त

0
Shares

नयाँदिल्ली, (एजेन्सी)। 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको परिक्रमा गरिरहेको उसको उपग्रहले भारतको चन्द्रयान–२को ल्यान्डर विक्रमको भग्नावशेष पत्ता लगाएका छन्।

गत सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा अवतरणका क्रममा निर्धारित समयभन्दा केही समयअघि विक्रमसँगको सम्पर्क विच्छेद भएको थियो।

नासाले आफ्नो उपग्रहले खिचेको तस्वीर पोस्ट गरेको छ, जसमा विक्रम कुन स्थानमा खसेको र छरिएका भग्नावशेषको अवस्था देखिएका छन्।

नासाले उक्त स्थानको पहिले र पछि लिइएको तस्वीर पनि पोस्ट गरेको छ। त्यसले चन्द्रमाको सतहमा ल्यान्डर खसेको उक्त स्थानमा भएका परिवर्तन देखिएको थियो।

यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका प्रमुख सिवनले सेप्टेम्बर ९ मा इसरोले चन्द्रमामा विक्रम ल्यान्डरसँग सम्बन्धित तस्वीर प्राप्त गरेको बताएका थिए।

४७ दिनको यात्रापछि सेप्टेम्बर ७ मा चन्द्रयान–२ को विक्रम ल्यान्डर चन्द्रमाको सतहभन्दा मात्र २ दशमलव १ किलोमिटर दूरी पुगेपछि इसरोसँग उसको सम्पर्क विच्छेद भएको थियो।

अर्विटरबाट प्राप्त तस्विरले विक्रम ल्यान्डर चन्द्रमामा जोडले जोत्तिएको संकेत गरेको छ। चन्द्रमाको परिक्रमा गरिरहेको अर्बिटरले विक्रम ल्यान्डरको थर्मल इमेज लिएको छ– इसरो प्रमुखले समाचार एजेन्सी पीटीआईलाई बताए।

यदि विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिंग सफल भएको भए अन्तरिक्ष यान चन्द्रमाको दक्षिण ध्रुवनजिक अवतरण गर्ने भारत विश्वको पहिलो देश हुन्थ्यो।

अहिलेसम्म अमेरिका, रुस र चीनले मात्र चन्द्र सतहमा सफ्ट ल्यान्डिङ्गमा सफलता हासिल गरेको छ। यद्यपि यी तीनैवटा देश अहिलेसम्म दक्षिण ध्रुवमा पुग्न सकेका छैनन्।

चन्द्रयान–२ लाई यो अभियानमा पठाउन ११ वर्ष लाग्यो। विक्रम ल्यान्डरको मुख्य उद्देश्य चन्द्रमाको सतहमा चट्टानको विश्लेषण गर्नुथियो।

विक्रम ल्यान्डरमा राखिएको पज्ञान रोवरको मद्दतबाट चन्द्रमाको सतहमा पानीको खोज गर्नु इसरोको मुख्य लक्ष थियो।