नयाँ शहर


सोल,(एजेन्सी)।

उत्तर कोरियाले ‘आधुनिक सभ्यताको आत्मा’को संज्ञा दिइएका नयाँ शहरको मंगलबार औपचारिक रूपमा उद्घाटन गरेको छ।

सर्वोच्च नेता किम जोङ उनले राष्ट्रकै सबैभन्दा महत्वपूर्ण निर्माण परियोजनाभित्र परेको सामजियोन शहरको रातो रिवन काटेर उद्घाटन गरेका छन्।

सरकारी सञ्चार माध्यम केसीएनएले रंगशाला, स्की स्लोप लगायत सुविधासहित नयाँ शैलीका अपार्टमेन्ट रहेको यस सहरमा चार हजार परिवार बस्न सक्ने बताएको छ। तर यस शहर निर्माणका लागि जनतालाई बाध्यकारी श्रमदान गराइएको बताइएको छ।