अर्धनग्न टाटु एक्स्पोप्रति आपत्ति

0
Shares

क्वालालम्पुर, (एजेनसी)।

अर्धनग्न महिला तथा पुरुषहरूका तस्वीरहरु भाइरल भएपछि मलेसियाका एकजना मन्त्रीले त्यहाँ आयोजना भइरहेको टाटु प्रदर्शनलाई ‘अश्लिल’ संज्ञा दिँदै ैमंगलबार यसबारे गम्भीर अनुसन्धान शुरु गर्न आदेश दिएको छ।

पर्यटन, कला तथा संस्कृति मन्त्री मोहमदिन केटापीले भनेका छन्– ‘यस कार्यक्रम आयोजनाका लागि अनुमति दिइँदा नग्नता प्रदर्शन हुने अलिकति पनि छनक देखिएको थिएन।’

अधिकांश मुश्लिम रहेको मलेसियाको संस्कृति होइन। पछिल्लो समयमा मलेसियामा मुश्लिम पुरातनवाद सम्बन्धमा थुप्रै बहश भएको थियो। एक सातादेखि राजधानी क्वालालम्पुरमा चलिरहेको टाटु मलेसिया एक्स्पोमा विश्वका ३५ राष्ट्रको सहभागिता रहेको छ।

यो एक्स्पो सन् २०१५ देखि लगातार आयोजना हुँदै आएको छ।तर यसपालि मात्र यो कडा आलोचनाको शिकार भएको छ। सरकारले आयोजकमाथि कडा कारबाही गर्न आदेश दिएको छ।

केटापीले यस्तो अश्लिलता भएको कुनै पनि कार्यक्रम आयोजनाका लागि अनुमति दिनु मन्त्रालयका लागि असम्भव भएको विचार पनि पोखेका छन्।

तस्वीरमा जिउभरि टाटु खोपाएका सहभागीहरूका अर्धनग्न तस्वीर देखिन्छन्। मलेसियाली सञ्चार माध्यमले केही तस्वीरलाई धमिलो बनाएको छ।

कूल जनसंख्याको ६६ प्रतिशत अर्थात मलेसियाको ३ करोड २० लाख जनता मुश्लिम रहेका छन्।यसै वर्ष मात्र धार्मिक अदालतले समलिंगी क्रियाकलापमा लागेको आरोपमा पाँचजना पुरुषलाई जरिवानासहित कारावास सँजाय तोकेको थियो। सन् २०१८ मा पनि दुईजना समलिंगी महिलालाई कोर्रा लगाइएको थियो।