जया बच्चनद्वारा बलात्कारीलाई फाँसी माग

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

एकजना भारतीय विधायकले हैदरावादमा एकजना भेटनरी डाक्टरलाई सामूहिक बलात्कारपछि हत्या गर्ने पुरुषहरूलाई फाँसी दिइनुपर्ने सोमबार बताएकी छन्। संसद्मा विधायिका जया बच्चनले भनेकी छन्– ‘मलाई थाहा छ यो निकै कडा सँजायजस्तो देखिन्छ।

तर यस्ता मानिसलाई सार्वजनिक स्थलमा ल्याएर फाँसी नै दिइनुपर्दछ।’ सम्पूर्ण राजनीतिक वृत्तका अन्य थुप्रै विधायकहरूले पनि निर्मम ढंगले सामूहिक बलात्कार गरेर हत्या गर्नेहरूको कडा शब्दमा आलोचना गरेका छन्।

गत सात अचानक हराएकी ती युवतीको लाश जलाइएको अवशेष फेला परेपछि भारतभरि विरोध प्रदर्शन फैलिएको थियो।

प्रहरीले यस घटनालाई लिएर चारजना पुरुषलाई गिरफ्तार गरिएको जनाइएको छ।
बढ्दो जनआक्रोशका बाबजुद पनि भारतमा महिलाविरुद्धको बलात्कार हिंसाको घटना उच्च संख्यामा रहेको पाइएको छ।

सोमबार सडकमा देखिएका जनआक्रोश संसद्मा प्रतिबिम्वित भएको छ। विधायकहरूले मुलुकमा महिलाहरूको जिउज्यान सुरक्षाका लागि सरकारको के–के योजना कार्यान्वयन भए भनी प्रश्नहरू तेर्साएका थिए।

बलिबुडका सुपरस्टार अमिताभ बच्चनकी धर्मपत्नी तथा पूर्वअभिनेत्री जया बच्चनले पहिलेदेखि नै महिलाहरूका समस्या बारे कडा वकालत गर्दै आएकी थिइन्।

उनले अब सरकारले महिलाहरूको समस्थामाथि सही र ठोस जवाफ दिने समय आएको विचार व्यक्त गरेकी छन्।

यसैगरी दक्षिणी राज्य तमिलनाडुका विधायक भिजिला साथियानाथले महिला तथा बालबालिकाका लागि राष्ट्र सुरक्षित नरहेको तथा ती चारजना दोषीलाई ३१ डिसेम्बरअघि नै फाँसी दिइनुपर्ने बताएकी छन्।