महाअभियोग ल्याउनु देशद्रोह हो : ट्रम्प

0
Shares

लन्डन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार नेटोका नेताहरूको एक बैठकमा डेमोक्र्याट्सको आलोचना गरेका छन्।

आफ्ना प्रतिद्वन्द्वीद्वारा ल्याइएको महाअभियोगलाई ट्रम्पले देशद्रोहको संज्ञा दिएका छन्। महाअभियोग ल्याउनु अमेरिकाका लागि सही नभएको उनले बताए।

ट्रम्पले आफ्नो विदेश यात्रामा महाअभियोग सुनवाइ आयोजना गरेकोमा डेमोक्र्याटिक सांसदहरूको आलोचना गरेका छन्। उक्त अवसरमा नेटो महासचिव जेन्स स्टोलटेनबर्ग पनि उपस्थिति थिए।

प्रतिनिधिसभाको न्यायिक समितिले नेटो गठबन्धनका सदस्यसँग लन्डनमा दुई दिनको बैठक शुरु गर्नु ठीक अघि बुधबार ट्रम्पविरुद्ध सम्भावित महाअभियोगको संवैधानिक आधारमा सुनवाइ तय गरेको छ।

ट्रम्पले भने– ‘मलाई लाग्छ यो हाम्रो देशका लागि एक खराब कुरा हो। सुनवाईका समयलाई लिएर विदेश मन्त्री माइक पोम्पियो, ह्वाइट हाउसका वकिल प्याट सिपोलोन र सल्लाहका केलिनेन कन्वेले पनि प्रश्न उठाइसकेका छन्।

राष्ट्रपति ट्रम्पविरुद्ध डेमोक्र्याट राष्ट्रपति उम्मेदवारका आकांक्षी पूर्वउपराष्ट्रपति जोय बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको आरोपमा जाँच गर्न युक्रेनका राष्ट्रपतिमाथि दबाब दिएको आरोपमा महाअभियोग ल्याउने तयारी भइरहेको हो।