सरौतोलाई सकारात्मक प्रतिक्रिया

0
Shares

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म सरौतोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। एक्सन रिभेन्ज स्टोरी रहेको फिल्मको प्रस्तुतीकरणको तारिफ सबैले गरेका छन् भने नायिका सुमी मोक्तानको एक्सनको पनि चर्चा भएको छ।

फिल्ममा सुमीले एक्सन गर्ल बन्ननै निकै परिश्रम गरेकी थिइन्। छायाँकार हरि हुमागाईंको डेव्यु निर्देशन रहेको फिल्मको एक्सन र सस्पेन्स रुचाइएको छ। रिलिजकै दिन फिल्म सरौतोको विशेष शो राखिएको थियो।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रियसन र राइजिङ फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र भिटेनको संगीत, शंकर महर्जनको एक्सन, उत्तम हुमागार्इंको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

फिल्म हेरेपछि ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठले चाइनिज या जापनिज फिल्म हेरेजस्तो रमाइलो लागको र एक्सन तारिफयोग्य भएको बताए।

अर्का अभिनेता हरिवंश आचार्यले प्राविधिकरूपमा फिल्म निकै बलियो भएको बताए। त्यसै गरी अभिनेता दीपकराज गिरीले सरौतो मनोरञ्जनको प्याकेज भएको बताए भने केदार घिमिरेले सरौतो नेपालीको कथा भएको बताए।