कुशेले शिक्षा नीति तथा रणनीति निर्माण गर्ने

0
Shares

नेपाल समाचारपत्र, जाजरकोट।

जाजरकोट कुशे गाउँपालिकाले शिक्षा सम्वन्धि निति तथा रणनिति योजना निर्माण गर्ने भएको छ। शिक्षासग सरोकार राख्ने सरोकारवालाको उपस्थितिमा शिक्षा निति तथा रणनिति योजना निर्माण गर्न लागेको हो।

स्थानीय तहलाई शिक्षा सम्वन्धि निति निर्माणको अधिकार नेपालको संविधानले दिएसगै अक्षरस पालना गरी शिक्षा क्षेत्रलाई सुधार गर्नको लागी कुशे गाउँपालिका भित्रका सवै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति, जनप्रतिनिधि लगाएत सरोकारवालाहरूको उपस्थितिमा गोष्ठीको आयोजना गरि शिक्षा सम्वन्धि निति तथा रणनिति योजना निर्माण गर्न लागेको हो।

कुशेको शिक्षा क्षेत्रलाई फरकिलो बनाउन शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, जनमुखी, प्रतिस्पर्धी कसरी गराउन सकिन्छ भन्ने उद्देश्यले शिक्षा निति तथा रणनिति योजना निर्माण गर्न लागेको हो।

कुशे गाउँपालिकाले प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, जनमुखी शिक्षा प्रदान गर्नको लागी शिक्षा सम्वन्धि निति तथा रणनिति योजना निर्माण गर्न लागको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले वताउनुभयो।

पुरानै शैलिको पठनपनठनले बालबालिकाहरूले प्राविधिक, व्यावसायिक, सीपमुलक रोजगारमुलक जनमुखी शिक्षा प्राप्त गर्न नसक्ने भएकोले शिक्षा सम्वन्धि नीति तथा रणनीति योजना निर्माण गरी बालबालिकाको रोजगारीको व्यवस्था सिर्जना गर्ने शिक्षाको आवश्यकता पर्ने भएकाले शिक्षा प्रणालीलाई सुधार गर्न निति तथा रणनीति योजना निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले वताउनुभयो।

उहाँले बालवालिकालाई नियमित विद्यालय पठाउन शिक्षक अभिभावक लगाएत सरोकारवालाले विशेष पहल गरी शिक्षाप्रति उत्प्रेरित गर्न आग्रह गर्नु भयो।