१० परिवारलाई सोलार बत्ती

0
Shares

ओखलढुंगा, (नेस)।

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाले पालिकाको वडा नं.९ बम्दक पात्ले का १० घरपरिवारलाई सोलार बत्ति सहयोग गरेको छ। गाँउपालिका अध्याक्ष वेद बहादुर रोका,उपध्याक्ष शुसिला तामाङ लगाएतको उपस्थितीमा यहि मंसिर १६ गते सोलार बत्ति बितरण गरिएको हो।

कुल तिन लाख बराबरको लागतमा प्रतिघरधुरी ५५ वाड क्षमताको सोलार एक एक थानका दरले १० थान सोलार बितरण गरिएकोहो।

खिजीदेम्बा गाँउपालिकालाई अध्यारो मुक्त गाँउपालिका बनाउने पालिकाको योजना रहेकोले पालिकामा बिद्युत आपुर्तिको बिभिन्न बिकल्पहरू खोजिने गाँउपालिका अध्याक्ष वेद बहादुर रोकाले बताउनुभयो।

सोलार उपभोक्ता गर्मा शेर्पाले टुकि बत्तिको साहारामा रहनु पर्दा निक्कै कठिन हुने गरेको र गाँउपालिकाले सोलार बितरण गरे पछि आफु हरूको धेरै समस्याको समाधान हुने बताउनुभयो।