ट्रिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।
भक्तपुरको  सृजनानगरमा गए राति ट्रिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा उदयपुर हडिया घर भएका बर्ष २७ का समीर बि.क.रहेको प्रहरीले जनाएको छ ।
सल्लाघारी आउने तर्फको सर्भिस ट्रयाकमा ट्रिपरको ठक्करबाट घाईते भएका समीरलाई उपचारका लागी डा.इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिई भागेका ट्रिपर चालक काभ्रे महाभारत घर भई हाल काभ्रे साँगा बस्ने बर्ष ३० को सिद्धिमान तामाङ र बा ३ ख २५३१ नं. को ट्रिपरलाई काठमाडांै तिनकुनेबाट नियन्त्रणमा लिएको छ ।
ट्रिपर चालक र ट्रिपरलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ  ।