भालुको आक्रमणबाट दुई शसस्त्र प्रहरी घाइते 

0
Shares

सरस्वति न्यौपाने,रसुवा । 
सशस्त्र प्रहरी बल २१ नम्बर गुल्म टिमुरेमा कार्यरत दुई जना  प्रहरी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार करिव ४ बजेको समयमा खानेपानीको पाइप मर्मतका लागी गएका उनीहरु भालुको आक्रमणमा परेका हुन विर बहादुर थिङको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार पछि थप उपचारको लागी काठमाण्डौ लगिएकोछ भने अर्का प्रहरी किरण तामाङ सामान्य घाइते भएको र उनलाई पनि काठमाण्डौ लगिएको छ ।
नौकुण्ड गाउँपालिका वडा नं. ४ का सहायक हवल्दार विर बहादुर थिङ र नुवाकोट का किरण तामाङ रहेका छन । साँझ परिसकेको हुँदा हेलिकप्टर आउन नसक्ने भए पछि एम्बुलेन्सबाट काठमाण्डौ लगिएको हो ।