नेपालको दोहोरो जित

0
Shares

सागअन्तर्गत खो खोमा नेपालले दोहोरो जित हात पारेको छ। खो खेलको पहिलो दिन आइतबार नेपालको पुरुष/महिला दुवै टोलीले विजयी सुरुआत गर्यो।कीर्तिपुरको नयाँ बजार भएको पुरुषको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई २१–१९ ले पराजित गर्यो।

महिलामा नेपालले बंगलादेशलाई नै ११–९ ले हरायो।भारतले पनि दोहोरो जितका साथ यात्रा प्रारम्भ गरेको छ। पुरुष/महिला दुवैमा भारतले श्रीलंकालाई पन्छायो। पुरुषमा भारत २१–८ तथा महिलामा ३२–४ ले विजयी भयो।

पुरुष/महिला दुवैमा समान ४–४ राष्ट्र सहभागी छन्। चारै टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। राउन्ड रोविनमा शीर्ष १ र ३ तथा २ र ४ मा रहने टिमले सेमिफाइनमा पुनः प्रतिस्पर्धा गर्ने छन्। फाइनल डिसेम्बर ४ मा हुने छ।