ट्राईयाथलनको प्रतिस्पर्धा आज

0
Shares

१३ औं साग अन्तरगतनै पोखरामा आयोजना हुने ट्राईयाथलन खेलको प्रतिस्पर्धा भोली सोमबार बिहान हुने छ। भोली हुने ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलङ्कका र भारतका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन्। पुरुष तर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिला तर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन्।

खेलाडीहरूले ७५० मिटर पौडी, २० किलोमिटर साईकल र ५ किलोमिटर दौड पुरा गर्नेछन्। भोली बिहान हुने प्रतिस्पर्धाका लागि आज खेलाडीहरूको दर्ता, साईकल तथा खेलाडीहरूले लगाउने पोशाक परिक्षण गरिएको छ।

त्यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरूलाई टेक्निकल डेलिगेटले बिस्तृत जानकारी तथा खेलस्थलका बारेमा जानकारी प्रदान गरेका छन्। खेललाई निश्पक्ष र सुरक्षित रुपमा सम्पन्न गर्न निर्णायकहरूलाई निर्देशन दिईएको छ।

फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी भएको छ। खेलाडीहरूको लागि तालमा एकै साथ डाईभ गर्न मिल्ने प्लटुन नेपालमा पहिलो पटक प्रयोग गरिएको छ। दुई स्वर्ण पदकको छिनोफानो भोली सोमबारनै हुने। प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्का गरि तीन देशको सहभागिता रहेको छ।