कम्पनी दर्ता प्रक्रियालाई सहज बनाइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय अभिभावकको भूमिकामा सहकार्य गर्न तयार रहेको बताउनुभएको छ।

नेपाल उद्योग परिसंघमा उद्योगी व्यवसायीहरूसँग अन्तक्र्रिया गर्दै मन्त्री भट्टले कुल गार्हस्थ उत्पादनमा उत्पादनशील क्षेत्रको योगदान बढाउन परिसंघ सहित निजी क्षेत्रसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो।

मन्त्री भट्टले निर्यात व्यापारमा वस्तुको प्राथमिकीकरण तथा विविधीकरण गर्न समेत मन्त्रालयले सहकार्य गर्ने बताउनुभयो। यसैगरी कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउने प्रक्रिया अघि बढिसकेको पनि मन्त्री भट्टले बताउनुभयो।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको यो उत्साहलाई कायम राख्न थप प्रवद्र्धनात्मक नीति तथा कार्यक्रम ल्याउन आग्रह गर्नुभयो।

यसका लागि निकासी अनुदान प्याकेजको रुपमा नेपालबाट निकासी हुने वस्तुमध्ये सीमित वस्तुलाई मात्र निकासीमा अनुदानको व्यवस्था रहेकोमा मूल्य अभिवृद्धिको आधारमा नेपालबाट निर्यात हुने सम्पूर्ण वस्तुमा निकासी अनुदान दिने व्यवस्था मिलाउनका साथै डिम्ड एक्स्पोर्टको सुविधाको हकमा भौतिक पूर्वाधार निर्माणका लागि नेपाल भित्र उत्पादित वस्तुलाई निकासी सरह डिम्ड एक्स्पोर्टको सुविधा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

यसैगरी औद्योगिक व्यवसायलगायत अन्य ऐनले उद्योग तथा व्यवसायलाई दिएको सुविधा आर्थिक ऐनबाट कटौती नगर्ने व्यवस्था मिलाउन, निर्यातमा विविधिकरणका सन्र्दभमा निर्यात व्यापार प्रवद्र्धनका लागि बनाइएको नेपाल व्यापार एकीकृत रणनीतिलाई प्रतिस्पर्धी क्षमताका आधारमा थप वस्तु समेट्ने गरी पुनरावलोकन गरिनुपर्ने माग पनि उहाँले गर्नुभयो।

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले कानुनलाई उद्योगमैत्री रुपमा सुधार गर्नुपर्ने, विद्युतको गुणस्तर सुधार्नु पर्ने तथा दक्ष जनशक्ति उत्पादनमा लगानी बढाउनुपर्ने सुझाव दिनुभयो।