प्रभु बैंकको टिमुरेमा नयाँ शाखा


प्रभु बैंकले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका– २ स्थित टिमुरेमा आफ्नो १९८औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको टिमुरे शाखा कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले उद्घाटन गर्नु भएको हो।

बैंकको टिमुरे शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुनेभएकाले ा स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले प्रभु बैंकको सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।