एनसेलको मेरो प्लानमा बोनस भिडियो डेटा

0
Shares

एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ। जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको सुविधा लिन सक्नेछन्।

मंसिर १३ गते शुक्रबारदेखि लागू भएको छ। यस योजनाअन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन्। प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लिक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवा प्रयोग गर्न सक्नेछन्।

यो योजनाअन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन्। त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नु हुने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन्।

त्यस्तै प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन्। एनसेलको मेरो प्लानअन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन्।

यस बाहेक, ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन्। ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गर्न सक्नेछन्।